हाम्रा विशिष्ट सदस्यहरु

चुरे दर्पण साहित्यिक पत्रिकाका बिशिष्ट सदस्यहरु

सुशीला देउजा

सुशीला देउजा साहित्य लेखनमा समर्पित परिचित लेखक हुनुहुन्छ । उहाँका आठवटा बालसाहित्य कृति र अन्य कथा र लघुकथा गरी १४ वटा कृति प्रकाशित छन् । उहाँको बाघ र बाबा कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो । यस कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गर्नुभएको छ । चारुमतीको रहस्य (बालचित्रकथा) उहाँको २०७७ मा प्रकाशित कृति हो ।

सम्पदा दर्शन (बालनियात्रा सङ्ग्रह, भाग १ र २, २०७७/०७८) उहाँका चर्चित दुई कृतिहरु हुन् । यात्रा साहित्य, कथा र लघुकथा विधामा पनि कलम चलाउनुहुने लेखक देउजाका केही पाइला केही अनुभूति (नियात्रा), चारु (कथासङ्ग्रह) र पेटको आगो (लघुकथासङ्ग्रह) प्रकाशित छन् ।

अमेरिका दर्शन (बालनियात्रा, सन् २०२३) उहाँको पछिल्लो कृति हो ।