‘रासा’ का चार मुक्तक

एक
ढलेर पनि नाच्ने मान्छेहरू जिन्दावाद !
दुखेर पनि हाँस्ने मान्छेहरू जिन्दावाद !
कोही भोकै बस्छन् कोही अघाएर सुत्छन्
मरेर पनि बाँच्ने मान्छेहरू जिन्दावाद !
दुई
हिँडेर कहीं पुग्नलाई बाटा त चाहिन्छन्
गएर जहाँ बसे पनि माटा त चाहिन्छन्
दुखेको सम्झिनु छ त घाउ भएर पुग्दैन
बसेर कोट्याउन पनि खाटा त चाहिन्छन् ।
तीन
यस्तो छ पानी – झरीले भन्लिन्
उस्तो छ वन – चरीले भन्लिन्
जे चीज पनि समयमै भए
कस्तो छ स्वर्ग – परीले भन्लिन् ।
चार
आँसु खसाएर पनि हाँस्छन् तिम्रा आँखाहरू
दु:ख लुकाएर पनि नाच्छन् तिम्रा आँखाहरू
जिन्दगी त यस्तै हो नि बाँच्नैपर्छ जसरी पनि
मुटु दुखाएर पनि बाँच्छन् तिम्रा आँखाहरू ।
अहा ! सुन्दर मुक्तककहरू