मेरो कलम बोल्छ

कुन्दन काफ्ले

मेरो कलम बोल्छ साथै मेरो अहं बोल्छ ।
भ्रष्टचारको हकमा सिङ्गो सदन बोल्छ ।
बोल्नु एक कला हो बोल्छु म निरन्तर ।
बोलेर उच्चो हुने मेरो चलन बोल्छ ।

बिहेमा बेहुलीको नयन बोल्छ ।
संसदमा सभासद्को चयन बोल्छ ।
बोल्नु एक कला हो बोल्छु म निरन्तर ।
बोलेर छुच्चो हुने मेरो जलन बोल्छ ।

प्रेममा अन्धो उमङ्ग बोल्छ ।
मुस्कानमा इन्द्रेणीको रङ्ग बोल्छ ।
बोल्नु एक कला हो बोल्छु म निरन्तर ।
बोलेर लुच्चो हुने मेरो दम्भ बोल्छ ।
००

Leave a Reply