पन्त स्मृति प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा

काठमाडौं / पन्त स्मृति प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको सम्मान/पुरस्कार पाउने सर्जकहरुको नाम घोषणा गरेको छ ।

प्रतिष्ठानका अनुसार सुशीला पन्त स्मृति पुरस्कार बालसाहित्यकार गोपाल पराजुली, रामराज पन्त स्मृति पुरस्कार ”आतो ओडा” उपन्यासका लागि उपन्यासकार जानुका खतिवडा, गोपाल राज पन्त स्मृति पुरस्कार हाँस्य कलाकार शैलेन्द्र सिम्खडा, सदिच्छा बालप्रतिभा पुरस्का बालकलाकार सीता रावल, सीताश्री स्मृति पुरस्कार कलाकार रुपक राई, मैयाँ वासुदेव स्मृति पुरस्कार संस्कृतिविद् डा. शशी थापा, बन्धु पन्त स्मृति पुरस्कार साहित्यिक पत्रिका शिवपुरी सन्देशका सम्पादक वियोगी वुढाथोकी, टीका मुकुन्द पन्त स्मृति पुरस्कार समालोचक प्रा. डा. भागवत ढकाल र आमा इन्दिरा पन्त स्मृति पुरस्कार समाजसेवी सुस्त श्रवण कोपिला हुमागाईलाई प्रदान गरिने भएको छ ।
यी सबै पुरस्कारहरु २०८० भाद्र १ गते काठमाडौंमा आयोजना हुने एक विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले बताउनुभएको छ ।

Leave a Reply