दिनेश अधिकारीकाे ‘तस्बिरकाे कथा’

‘तस्बिरको कथा’ तस्बिरसँग गाँसिएका यथार्थ र भावनात्मक अनुभूतिहरुको सङ्ग्रह हो । फोटो संस्करणका रुपमा प्रकाशित यो कृतिले फरक स्वाद बाकेको छ । फोटोभित्र गाँसिएका सन्दर्भहरुले इतिहासको कालखण्ड बोकेका छन् । वास्तवमा नेपाली साहित्यको क्षेत्रमा यो एउटा प्रयोग हो । सम्भवत: यस किसिमको विधामा यो पहिलो प्रकाशन हुन सक्छ ।
मदन पुरस्कार विजेता कवि तथा सुप्रसिद्घ गीतकार दिनेश अधिकारीको यो पहिलो फोटो संस्मरण कृति हो । सधैँ कविता–काव्य लेखनमै रमाउने लेखकको यो प्रयास रमाइलो छ । नेपाली साहित्य र संगीतको गहिरिएर अध्ययन गर्न रुचाउने पुस्ताका लागि यो गहकिलो सन्दर्भ ग्रन्थ हो । यसले थोरै शब्दमा धेरै खुराक दिएको छ ।
बुकआर्ट नेपालबाट रंगिन साजसज्जा र आकर्षक छपाइमा प्रकाशित १ सय ३० पृष्ठको यस कृतिको मूल्य रु ५ सय ५ रुपियाँ रहेको छ ।

Leave a Reply