चालिसेकाे छानिएका कथा प्रकाशित

अग्रज आख्यानकार विजय चालिसेकाे “छानिएका कथाहरू” शीर्षक प्रतिनिधि कथासङ्ग्रह प्रकाशित भएको छ । चर्चित समालोचक तथा कवि पुरुषोत्तम सुवेदीद्वारा सङ्कलित तथा सम्पादित २५५ पृष्ठको चालिसेकाे उक्त कृतिमा  निजका छ वटा कथा सङ्कलनका साथै अन्य फुटकर र अप्रकाशित पछिल्ला कथाहरूमध्येबाट ४३ वटा कथा सङ्कलित छन् । 

सम्पादक सुवेदीका अनुसार “विजय चालिसेका कथामा देखापर्ने भाषिक सरलता, शैलीगत निजात्मकता र अभिव्यक्ति कौशलले कथालाई हार्दिक र पठनीय बनाएका छन्।”

चालिसेका कथाका बारेमा कथासाहित्यका वरिष्ठतम् समालोचक प्रा. डा. दयाराम श्रेष्ठले भन्नुभएको छ, “विजय चालिसेको कथाशील्पको उत्कृष्टता उनले प्रयोग गरेका प्रतीकहरूको सार्थकता, व्यङ्ग्यको सोद्देश्यता, मिथकीय प्रयोगको महत्व, अन्योक्तिमूलकता र अनुभूतितर्फको आकर्षणबाट सार्थक भएको पाइन्छ ।”

Leave a Reply