गाउँ खोज्दै गाउँमा

– कमलराज केसी

भूगोल हुनुमात्रै गाउँ हुनु होइन रहेछ ।

गाउँ हुनलाई त
गाउँमा गाउँलेहरु पनि हुनुपर्दोरहेछ ।

धेरै वर्ष पछि जब म गाउँ पुगेँ
गाउँमा मैले कुनै गाउँले देखिनँ
गाउँमा कुनै गाउँले नदेखेपछि
गाउँमा मैले आफ्नो गाउँ भेटिनँ ।

गाउँमा गाउँ नभेटेपछि
म गाउँ खोज्न निस्केँ
गाउँ खोज्दै जाँदा
एकदिन खाडीमा आइपुगेँ
गाउँ त खाडीमा बालुवा पो चाल्दै रहेछ ।

गाउँ खोज्न हिंडेको म पनि
हिजोआज खाडीमा बालुवा चालिरहेछु ।
००

Leave a Reply