आव्हान

  • राजकुमार पूर्वटाले, हरिवन ८, सर्लाही ।

    युगौंदेखि सपूतको खोजीमा                                      
    कपूतहरुलाई काखमा हुर्काउँदै
    द्वन्द अनि रक्तपात खेपेकी
    हे मेरी आमा अब नरुनु है

भ्यालेन्टाइनको आगमनमा
उनको मधुर प्रणयमा
बुद्ध र भिमसेन जन्माउनुपर्छ
नवयुगको न्वारन सँगसँगै
भगवानसँग एक बिन्ती गर्नुपर्छ

अज्ञानताको निशामा
पीडाले भरिएको ह्रदयमा
शान्ति अनि सुख खोजिरहेक
ती अधरमा

मुस्कानको सान्ध्या लालिमा
सूर्योदयको नव किरण जस्तै
यस धर्तीमा
माया र ममताको
प्रेमिल दिव्य गायनले

यो देशमा पुन: रंगीनुुुपर्छ
राधा र कृष्णको जस्तो
मधुर प्रेमको लहरा
बस्ती बस्तीमा अनि कन्दरामा झाँगिनुपर्छ
स्वाभिमान अनि बहादुरीको इतिहास
स्वर्णिम अक्षरमा लेखिनुपर्छ, शान्ति जन्मनुपर्छ ।

Leave a Reply