आमा : माया …

- सानुराजा श्रेष्ठ अञ्जान
म आमा तिम्रो –
दुई तीन शताब्दी त भो
चोइटिएर बाँकी भएँ – टुक्रिएर बाँकी रहेँ
मेरा बहादुर सन्ततिले बढाएर पनि
अङ्गभङ्ग हुनपर्ने तिम्रै नियतिले !?
बल्ल शान्ति र समृद्धितिर लाग्यौ कि
बल्ल मेरो महत्व बुझ्याै कि ?
मेरा चारै दिशाका चतुर छन्
अझै मलाई टुक्र्याउन आतुर छन्
खै तिमीले बुझेको ?
आफ्नो स्वाभिमान थाँती राखेर
खै प्रजातन्त्रको नाममा बिक्यौ कि ?
संघीयताको नाममा टुक्राउँदैछौ
प्रदेशको नाममा अङ्गभङ्ग पार्दैछौ ।
खै कसको भाषामा बोल्छौ आजकल
खै कसको ईशारामा नाच्छौ आजकल
माथिकाले नङ्ग्याउँदैछ चाल पाउन गाह्रो छ,
तलकाले दाँत गाड्छ बराबर
चाल पाउँछु – आँसु झार्छु,
मेरा सन्तानहरू महाकाली र मेचीमै
साँघु¥याउँछन्
मेरा सन्तानहरू भविष्य देख्दैनन्,
दक्षिणकाले काट्छन् अङ्गहरू
कसैलाई सुम्पेर खुसी हुन्छन्,
भोलि सिङ्गो म आमा नेपाल रहन्न
तब के गर्छौं निरीह मेरा सन्तानहरू ….. ???
लेखन : २०८०-०१-०८, पशुपति देउपाटन, पाचाटोल, वडा नं.८, काठमाण्डौ ।
–
नेताहरूको देशलाई हॅाक्ने तरिका ठिक भएन । परिवारमुखी भएर नै देशको अधोगति भएको हो । यीनीहरूलाई धरतिमाताको श्राप लाग्छ । धरतिमातालाई बेच्छन् यीनीहरू । अर्काको ईशारामा नॅाचेर फाईदा लिनु के गर्दा गोडा न्यानो हुने मात्र होइन र ?