‘आतोओडा’ ले पायो वर्ष २०७९ को उत्कृष्ट उपन्यास पुरस्कार

काठमाडौँ, भदौ २ गते
पन्त स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रकाशित भएकामध्ये उत्कृष्ट एक उपन्यासलाई प्रदान गरिँदै आइएको रामराज पन्त स्मृति पुरस्कार आख्यानकार जानुका खतिवडाद्वारा लिखित उपन्यास ‘आतोओडा’ ले प्राप्त गरेको छ । भदौ १ गते शुक्रवार रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक विशेष समारोहमा २५ हजार नगद सहित यो पुरस्कार प्रदान गरिएको छ ।


स्तरीय उपन्यासलाई प्रदान गरिँदै आइएको यो पुरस्कार यसअघि कृष्ण धरावासी, अमर न्यौपाने, बुद्धिसागर लगायत आख्यान विधाका स्थापित लेखकका उत्कृष्ट कृतिहरुले पाइसकेको छ ।

Leave a Reply